Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – युरोपमा सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्याउँने व्यक्तित्वहरु सम्मानित भएका छन् । सोमबार स्पेनको बार्सिलोनामा एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख खगेन्द्र नेपाली,गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका हुन् ।

युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सवको उपलक्ष्यमा तिनै जनालाई सम्मान गरेको हो । सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका, बरिष्ठ संचारकर्मी नेपालीलाई कार्यक्रमका प्रमुख अतिथि गैर आबासी नेपाली संघ (एनआरएनए) केन्द्रिय उपाध्यक्ष कुमार पन्तले दोसल्ला ओढाएर सम्मान गरे ।

सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त उनले उत्पादन गरेको पहिलो अडियो बुक हो । उनले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध “जीवन कांडा कि फूल” लाई अडियो बुकको रुपमा ल्याएका छन् ।

unn

यस्तै गैर आबासीय नेपाली संघ युरोप क्षेत्रका संयोजक कुल आचार्य “युरोप बर्ष व्यक्तित्व” घोषित भएका छन् । सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । सन् २००३ देखि नै संघका गतिबिधिलाई, नजिकवाट बुझेका आचार्य गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेको सदस्य, कार्यसमिति उपाध्यक्ष हुँदै एनआरएनए युकेको अध्यक्ष समेत बने ।

उनले आईसीसी सदस्य हुँदै हाल युरोप क्षेत्रको संयोजकको रुपमा जिम्मेबारी सम्हालेका छन् । उनले एनआरएन युकेको अध्यक्ष हुँदा आचार्यले साना( ठुला गरी ६२ बढी च्यारिटी कार्यक्रमहरु गरेका थिए । कलाकारिताको क्षेत्रबाट चर्चित बाँसुरीबाधक बिनोद कटुवाल सम्मानित भएका छन् । ५ बर्ष देखि स्पेनमा बस्दै आएका कटुवालले बासुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाएका छन् । बार्सिलोनामा खोलिएका रासाकान र आमानान्तु ब्याण्डसँग मिलेर, बिदेशी संगीतमा बासुरीको धुन मिलाउँदै उनि अनबरत संगीत यात्रामा लागि परेका छन् ।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला फोरम संयोजक सपिला राजभण्डारी,सह (संयोजक रजनी प्रधान,आईसीसी सदस्यहरु डा. बिनय श्रेष्ठ,एकराज गिरी,एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव हिरालाल श्रेष्ठ,एनआरएन स्बिजरल्याण्ड युवा फोरम संयोजक अर्जुन बस्ताकोटी,जंगम खड्का लगायत स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देशका साथ भएको कार्यक्रममा एक बिशेष भिडियो सामाग्री प्रस्तुत गरिएको थियो । तिन दशक देखि नेपाली अबैतानिक बाणिज्य दूतको रुपमा कार्यरत लुईस बेल्बिसले बिशेष अतिथिको रुपमा बोल्दै अन्य बेला भन्दा यो बेला नेपाल पुग्नु पर्नेमा जोड दिए । स्बिजरल्याण्डका गायक सुभाष सुन्दास, संगीतकार रामु परियार लगायतका कलाकारहरुले लाईभ सांगीतिक प्रस्तुती राखेका थिए ।

तपाईको प्रतिक्रिया