मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौँ – पोर्न स्टारको उद्देश्य सहित नेपाली सिने उद्योगमा प्रवेश गरेकी अर्चना पनेरु डेब्यु फिल्म ‘जिस्म’ आजबाट प्रदर्शनमा आएको छ । archana-paneru-jisma

सुटिङदेखि नै विभिन्न कारणबाट विवादमा आएको चलचित्रलाई बोल्ड सिन राखेर चलचित्र बनाउन माहिर निर्देशक राजु गिरीले बनाएका हुन् । चलचित्रमा धेरै उत्तेजक सिनहरु राखिएको चर्चा आएपनि चलचित्रलाई सेन्सर बोर्डले कुनै पनि दृश्यहरू नकाटि सेन्सर पास गरेको छ । यद्यपि फिल्म १६ वर्ष मुनिका बालबालिकाले हेर्न नमिल्ने सेन्सर बोर्डले जनाएको छ । चलचित्रमा अर्चना पनेरुको ग्लामर प्रस्तुत गरिएको छ ।

सेक्सकथामा आधारित चलचित्र युवापुस्ता लक्षित गरिएको छ । चलचित्रमा अर्चना पनेरु सहित शुभेच्छा थापा, सुरेन्द्र बुढा, उकेश पनेरु, लगायतका कलाकारको अभिनय रहेको छ । अर्चनाको डेब्यु भनिएको यो चलचित्र भन्दा अर्काे चलचित्र ‘छेस्को’ पहिले प्रर्दशन भएपछि ‘जिस्म’ अर्चनाको दोस्रो चलचित्र भएको हो ।

‘छेस्को’ ले अर्चनाको करिअरका धक्का दिइरहेका बेला ‘जिस्म’ ले उनको करिअरलाई उचाइमा पुर्‍याउँछ या अझ खस्काउँछ त्यसका लागि भने दर्शकको प्रतिक्रिया पर्खनुको विकल्प छैन् ।

तपाईको प्रतिक्रिया