Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नयाँ संविधानलाई लिएर असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत मधेसी मोर्चाले केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भई काँग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकार बनेको अवस्थामा सहभागी हुने संकेत गरेको छ । laxmanlal-Karna

ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको मधेसी मोर्चाले काँग्रेस–माओवादी गठबन्धन सरकारमा समेत सहभागी हुने संकेत गरेको आजको राजधानी दैनिकमा खबर छ ।

मोर्चामा आबद्ध नेता सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नयाँ सरकारमा सहभागी हुने संकेत दिनुभएको हो । कर्णले मधेसी मोर्चा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुनसक्ने धारणा राख्नुभयो ।

‘केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौं, मधेसी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा यतिबेला खुसी छु, म भर्खर मधेसबाट आएको छु, सरकार ढलेकोमा मधेसीहरु खुसीयाली मनाइरहेका छन्’ कर्णले भन्नुभयो ।

तपाईको प्रतिक्रिया