Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं – दुई दिनअघि सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेको बताएका छन् ।

बिहिबार विज्ञप्ति जारी गर्दै कांग्रेस र माओवादी केन्द्रले ओली सरकार अल्पमतमा परेको उल्लेख गर्दै काम चलाउ हैसियतमा रहेको सरकारलाई कुनै राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन असर पर्ने निर्णय नगर्न ध्यानाकर्षण गराएका छन्।

’नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको स्पष्ट हुन्छ’, विज्ञप्तिमा भनिएको छ ’ १३ वटा राजनीतिक दलले संसद सचिवालयमा असार २९ गते अविश्वासको प्रस्ताव दर्ता समेत गरिसकेको अवस्थामा वर्तमान सरकार केवल काम चलाउ सरकारको हैसियतमा मात्र रहेको छ ।

तपाईको प्रतिक्रिया