Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

g Okटोकियो – एभरेष्ट इन्टर्नेशनल स्कुल जापानको दोस्रो साधारण सभा पर्यटकीय सुन्दर नगरी यामानासीमा आइतवार सम्पन्न भएको छ ।

बहुसंख्यक लगानीकर्ताहरुको उपस्थिति रहेको यामानासीस्थित फ्रुट पार्क फुजिया होटलमा भएको साधारण सभाले अघिल्लो शैक्षिक सत्रको आर्थिक प्रतिबेदन र कार्य प्रगतिप्रतिबेदनलाई पारित गर्नुका साथै आगामी शैक्षिक सत्रको कार्ययोजना तय गरेको छ ।
स्कुलका सञ्चालक समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठको सभापतित्वमा भएको साधारण सभामा प्रिन्सिपल प्रदिप थापाले स्कुलको गतिबिधिहरु समेटिएको स्लाईड प्रदर्शन गर्नुका साथै आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यसअघि प्रोमोटरहरुको तर्फबाट पारसमणि पोखरेलले स्कुलका बारेमा आफ्नो भनाईहरु राख्नुभएको थियो ।

यसैगरी अध्यक्ष डा. श्रेष्ठले हालसम्मको स्कुलको कार्यप्रगति हेर्दा लक्षित योजनाअनुरुप उद्देश्य हासिल गर्न सफल भएको भन्दै स्कुलको भावी योजना प्रस्तुत गर्नुभएको थियो । उहाँले गुणस्तरिय शिक्षालाई स्कुलले पहिलो प्राथमिकतामा राखेको र सोहीअनुसारको आवश्यक भौतिक पूर्वाधारहरुको ब्यवस्थापन गरिदैं लगिने योजना रहेको बताउनुभयो । सो अवसरमा  सञ्चालक समितिका सल्लाहकारहरु द्वय भबन भट्ट र महेश श्रेष्ठले स्कुल सञ्चालन तथा भाबी योजना बारेमा विविध सुझाबहरु दिनुभएको थियो ।

साधारण सभाको सहजीकरणको भूमिकामा रहनुभएका बोर्डका कार्यकारी सदस्य भूषण घिमिरेले स्कुल सञ्चालन गर्न अब आफ्नै भवनको जरुरी रहेको बताउँदै यसतर्फ सबैको ध्यान जानुपर्ने बिचार ब्यक्त गर्नुभयो । अन्तमा, कार्यकारी बोर्डका अर्का सदस्य मेघराज नेपालले ब्यस्तताको बाबजुद टाढासम्म आएर साधारण सभा सफल पार्न सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्दै सभा अन्त भएको घोषणा गर्नुभएको थियो ।

एकदिन भए पनि सँधैको कोलाहल र ब्यस्तताबाट टाढा रहेर नितान्त शान्त र प्राकृतिक सौन्दर्यताको मनोरम वातावरणमा एभरेष्ट स्कुलको साधारण सभा भएको हो ।

टोकियोबाट करिव १३५ किलोमीटर पश्चिममा रहेको यामानाशीसम्मको रमणीय यात्रा सहितको साधारण सभाका सहभागी प्रोमोटरहरुले रुटमा पर्ने प्राकृतिक सौन्दर्यताको अवलोकन गर्दै आनन्द लिएका थिए भने साधारण सभापश्चात फुजिया होटलमा सामुहिक हटस्प्रिङ (ओनसेन) को पनि मजा लिएका थिए । *** तस्विर सौजन्य : बिपिन घिमिरे

 

तपाईको प्रतिक्रिया