Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – ब्रिटेन युरोपेली संघ (ईयु) बाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेसँगै ब्रिटेन अलग हुने भएको हो ।

युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षले ५२ प्रतिशत मत ल्याएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८ प्रतिशत मत हासिल गरेको छ । लण्डन र स्कटलण्डले इयुमा नै रहने पक्षमा दह्रो समर्थन गरेपनि उत्तरी ब्रिटेनमा इयुमा नै रहनुपर्ने पक्षले कमजोर प्रदर्शन गरेको छ ।

युकेआइपीका नेता नाइजल फराजले परिणामको स्वागत गर्दै त्यसलाई ब्रिटेनको स्वतन्त्रताको दिनको संज्ञा दिनुभएको बिबिसिले जनाएको छ । जनमत संग्रहमा मतादाताको उपस्थिति अघिल्लो वर्षको आम चुनावमा भन्दा बढी रहेको थियो ।

वेल्स र इंग्लिश सरका मतदाताहरुले इयुबाट अलग हुनुपर्ने पक्षमा ठुलो संख्यामा मत दिएका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया