Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ- दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको लागि गरिएको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएको छ। सो कार्यबाट सङ्कलित नमूना लिएर चिनियाँ प्राविधिक टोली आफ्नो देश फर्किसकेको छ। गत वैशाख २३ गतेदेखि सुरु गरिएको यस परियोजनामा चार हजार १३ मिटर गहिराइसम्म ड्रिल गरिएको थियो।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार, हरेक दुई–दुई मिटरमा नमूना सङ्कलन गरिएको थियो। जसमा गिट्टी र बालुवाका स्याम्पलहरू समेटिएका छन्। यी नमूनाहरू सोर्स रक, रिजर्भ वायर रक र सिल रकको थप अध्ययनका लागि चीन पठाइएको हो। ड्रिलिङ कार्य सकिएपछि केसिङ र सिमेन्टको काम पनि पूरा भइसकेको लुइँटेलले जानकारी दिए।

चिनियाँ प्राविधिक टोलीमा ३५ जना सदस्य थिए, जसमध्ये १५ जना जलजलेमै रहेका छन् भने बाँकी सबै फर्किसकेका छन्। पेट्रोलियम अन्वेषणको अर्को चरणमा ग्यास भण्डारण र प्रशोधनका लागि तीन महिनापछि काम सुरु हुने योजना छ। प्रारम्भिक अध्ययनले दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना रहेको संकेत गरेकाले चिनियाँ टोलीले त्यहाँ रिङ हाउस निर्माण गरी ड्रिलिङ सुरु गरेको थियो। खानीको आर्थिक मूल्याङ्कनपछि मात्र उत्पादन प्रक्रियाका चरण अघि बढ्ने लुइँटेलले स्पष्ट पारे।

नेपाल सरकार र चीनबीच २०१९ फेब्रुअरी २८ मा भएको सम्झौताअनुसार यो परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने योजना थियो। तर, कोरोना महामारीका कारण काममा ढिलाइ भएको थियो। चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ बराबरको अनुदानमा यो परियोजना अघि बढाइएको हो।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया