काठमाडौँ – बेलायत युरोपियन युनियन (इयु) बाट टुक्रने लगभग निश्चित भएको छ ।
स्थानीय समय अनुसार ३ः४५ बिएसटीसम्मको नतिजा अनुसार इग्लिंस सर र वेल्सको दह्रो समर्थनसहित इयुबाट बाहिरिनुपर्ने पक्षमा ५ लाख मतले अघि रहेको बिबिसीले जनाएको छ । स्कटलण्ड र नर्दन आयरलण्ड ब्रिटेन इयुमा नै आवद्ध हुनुपर्ने पक्षमा उभिएको जस्तो देखिएको छ र लण्डनले स्पष्ट रुपमा इयुमा रहनुपर्ने अभिमत दिएको छ ।
जनमत संग्रहमा आमचुनावमा भन्दा बढी मतदाता सहभागी भएको बताइएको छ । तर यसपटक चुनावी क्षेत्रका आधारमा नभई सम्पूर्ण खसेको मत अनुसार परिणाम घोषणा हुनेछ । मतदानसम्बन्धी विज्ञ जन कुर्टिशले प्रारम्भिक चरणमा इयु छाड्नुपर्ने पक्ष जनमत संग्रहमा विजयी हुने देखिएको टिप्पणी गर्नुभएको छ ।
उँहाका अनुसार १ करोड ६८ लाख १३ हजार मत ल्याउने विजयी हुने अनुमान गरिएको छ । सबै ३ सय ८२ मतगणना केन्द्रका नतिजा प्रमाणित भइ घोषणा भएपछि म्यानचेष्टरको सिटी हलमा प्रमुख मतगणना अधिकारीले चुनावी परिणाम घोषणा गर्ने कार्यक्रम रहेको छ ।
हालसम्म वेल्समा गणना भएको मध्ये ५४.७ प्रतिशतले इयुबाट अलग हुनुपर्ने पक्षमा मत हालेका छन् । उत्तरी आयरलण्ड इयुमै आवद्ध हुनुपर्ने पक्षमा उभिएको देखिएको छ ।