तनहुँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको बजेटले महँगी बढाएकाले सर्वसाधारणको ढाड भाँच्चिने अवस्था आएको बताउनुभएको छ ।
तनहुँको क्यामिन गाविसको नवनिर्मित भवनको शनिबार उद्घाटनका अवसरमा काँग्रेस नेता पौडेलले वर्तमान सरकारले सत्तारुढ पार्टीहरूको हितका लागि मात्रै बजेट ल्याएको भन्दै आपत्ति समेत प्रकट गर्नुभयो ।
रु ५० अर्बमा बन्ने १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको छिट्टै बोलपत्र आह्वान गरी निर्माणको काम सुरु गरिने जानकारी पनि उँहाले दिनुभयो ।