काठमाडौं- अपहरणको मुख्य योजनाकारको रुपमा गिरफ्तार भएका सभासद श्यामसुन्दर गुप्ता यतिबेला प्रहरी हिरासतमा छन् । उनलाई गत माघ २ गते व्यापारी पवनकुमास संघाई अपरहणमा संलग्न रहेको प्रमाणसहित प्रहरीले गुप्तालाई उनको निवास भैरहवाबाट गिरफ्तार गरेको हो ।
तर, मुलुकको प्रमुख प्रशासकीय सचिवालय सिंहदरवारमा ‘माननीय श्यामसुन्दर गुप्ता संसदीय दलको नेता सद्भावना आनन्दीदेवी’ लेखिएको नेमप्लेट अहिले पनि सम्मानका साथ झुण्ड्याइएको छ । प्रहरीले अभियुक्त प्रमाणित गरी दुईपटक अदालतबाट म्यादथपको अनुमति समेत लिइसकेको छ । तर, संसद सचिवालयमा भने उनी ‘माननीय’ कै रुपमा उपस्थित छन् । ‘हाम्रो नियमावलीले त्यसबारे कुनै कुरा उल्लेख छैन, संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने, ‘कानुनी रुपमा त नेमप्लेट हटाउने प्रावधान छैन । तर व्यवहारिक रुपमा भने हामीलाई पनि अप्ठ्यारो लागिरहेको छ । ’
उनले यस्ता समस्याको समाधानको लागि नियमावली संशोधनको तयारी भइरहेको समेत जानकारी दिए ।
गुप्ताको पार्टीको आधिकारीकतालाई लिएर सर्वोच्चमा मुद्दा विचाराधिन रहेको छ । सद्भावना आनन्दीदेवीकी अध्यक्ष समेत रहेकी श्रम तथा यातायात मन्त्री सरिता गिरीले गुप्ता संसदीय दलको नेता नै नरहेको दाबी गरिन् । ‘संसदीय दलको नेता चयन संसदीय दलले गर्ने हो, उनले भनिन्, संसदीय दलको नेता हामीले गुप्तालाई छानेकै छैनौं ।’ गिरीले निर्वाचन आयोगले गुप्ताको समूहलाई मात्र मान्यता दिएको अध्यक्षको मान्यता नदिएको तर सभामुख र संसद सचिवालयका केही कर्मचारीको मिलेमतोमा गुप्तालाई संसदीय दलको नेताको उपमा दिएको दाबी गरिन् । ‘गुप्ता स्वघोषित अध्यक्ष हुन्, गिरीले भनिन् । प्रहरीले दोषी किटान गरी अनुसन्धान गरिरहेको अवस्थामा संसद सचिवालयले अहिलेसम्म गुप्ताको नेम प्लेट नहटाएको प्रति गिरीले आपत्ति जनाइन् ।

गुप्तामात्र होइन अदालतले सर्वश्वसहित जन्म कैदको फैशला सुनाएका माओवादी सभासद बालकृष्ण ढुंगेलपनि सिंहदरवार तथा संविधानसभामा स्वतन्त्र पूर्वक हिडिहरेका छन् । यसबाट कानुन कै उपहास भएको कानुन विदहरुको भनाई छ । ***