Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

टोकियो – हालै नेपालमा गएको बिनाशकारी महाभूकम्पबाट पीडित तथा प्रभावितहरुका लागि जापानको नेपाली समुदायका विभिन्न संघसंस्थाहरुले संकलन गरेका राहत रकम हस्तान्तरण गर्ने क्रम निरन्तर जारी रहेको छ ।

यसैबीच आज होक्काइदोको ओबिहिरो नेपाली समाजका अध्यक्ष तेरुसिगे इमादाले ३ लाख ८१ हजार ६९ येन भूकम्प पीडित राहत तथा सहयोग समितिका संयोजक भवन भट्टलाई हस्तान्तरण गर्नुभयो । टोकियो सिन्जुकुस्थित टीबीआईको प्रधान कार्यालयमा भएको एक भेटघाट कार्यक्रममा उहाँले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

सोहीअवसरमा एनआरएन होक्काइदो क्षेत्रीय कमिटीका तर्फबाट उक्त कमिटीका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य अर्जुन अधिकारीले ७ लाख ७० हजार येन, नेपाली इण्डियन रेष्टुरेन्ट राराको तर्फबाट १ लाख २० हजार येन र होक्काइदो निवासी ओम तिमिल्सिनको तर्फबाट १ लाख येन सहयोग समितिका संयोजक भट्टलाई हस्तान्तरण गर्नुभयो ।

भेटका अवसरमा नेपाल र जापानबीच पारस्परिक हितका बिषयमा कुराकानी भएको थियो । ओबिहिरो समाजका अध्यक्ष इमादाले महाभूकम्पका कारण नेपालले भोग्नुपरेको बिपत्तिमा गहिरो दुख ब्यक्त गर्दै दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्नुभयो । उहाँले यो बिपत्तिमा जापानीहरु पनि नेपालीसंगै रहेको धारणा ब्यक्त गर्नुभयो ।

संयोजक भट्टले नेपालमा बिनाशकारी महाभूकम्प गएलगत्तै सबैभन्दा पहिले जापानका नेपालीहरुले राहत कार्यमा सक्रियता अगाडि बढाएको र जुन कुरा नेपालीहरुले जापानबाट सिकेको धारणा राख्नुभयो ।

सो अवसरमा एनआरएन आइसीसीका सदस्य भूषण घिमिरे, एनआरएन जापानका उपाध्यक्ष सुदन थापा, कोषाध्यक्ष दिपक थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल लगायतको उपस्थिति रहेको थियो ।
ओबिहिरो समाजका अध्यक्ष इमादा, सो समाजका उपाध्यक्षसमेत रहनुभएका अधिकारी उक्त रकम हस्तान्तरण गर्न होक्काइदोदेखि टोकियो आउनुभएको थियो । ***
Hokkaido

तपाईको प्रतिक्रिया