Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

टोकियो – टोकियोस्थित नेपाली दूतावासले हालै गएको भूकम्पबाट पीडित तथा प्रभावितहरुका लागि राहतस्वरुप जम्मा हुन आएको रकमबाट हालसम्म जम्मा ३ करोड ७४ लाख ३९ हजार ८१ येन प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा पठाईसकेको जनाएको छ ।
यसअघि २ करोड ५८ लाख ३९ हजार ८१ येन र आज प्राप्त हुन आएको १ करोड १६ लाख गरी ३ करोड ७४ लाख ३९ हजार ८१ येन प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा पठाईएको दूतावासद्वारा प्रेषित बिज्ञप्तीमा जनाईएको छ ।

दूतावासले बिज्ञप्तीमा नेपालको बिपत्तिमा जापानी तथा नेपाली मित्रहरुद्वारा सहानुभुतिका साथै राहत तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गर्न आउने क्रम आज बुधबार पनि जारी रहेको बताएको छ ।

यसैगरी राजदूतावासले जापानमा विभिन्न संघसंस्था, ब्यवसाय तथा ब्यक्तिले विभिन्न ढंगले संकलन गर्ने गरिएको राहत रकम दूतावासमा आई बुझाउन या दूतावासको बैंक एकाउन्टमा दाखिला गर्न बिज्ञप्तीमार्फत आग्रह गरेको छ ।

बिभिन्न संघसंस्था वा ब्यक्तिहरुले संकलित राहत रकम नेपाल सरकारको प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा पठाउनका लागि नेपाली राजदूतावासमा बुझाई भर्पाइ लिन वा दूतावासको भूकम्प कोषमा रकम जम्मा गर्न पुनः आग्रह गरेको हो ।

राजदूतावासले नेपाल सरकारको निर्देशन भन्दै जापान नेपाल सोसाइटी र भूकम्प पीडित राहत तथा सहयोग समिति, गैह्र आवासीय नेपाली संघलाई समेत संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्न वा राजदूतावासमा आई वुझाउन अनुरोध गरेको छ । जापानका विभिन्न भागमा संकलित रकम सहि सदुपयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न वा नियोगमा आई बुझाउन दूतावासले सम्वन्धित सवैलाई अनुरोध गरेको हो ।
यसै बीच राजदूतावासले चिवाकेनको कासिबा सिटी स्थित लुम्विनी एसियन डाइनिङका सञ्चालक बागलुङ निवासी प्रवेशकुमार राजभण्डारीले रेष्टुरेन्टको एक दिनको आम्दानी ३ लाख २७ हजार १ सय ६८ येन भूकम्प पीडितका लागि प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा पठाउने गरी आज राजदूतावासलाई हस्तान्तरण गर्नुभएको जनाएको छ । ***N Embassy

तपाईको प्रतिक्रिया