Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- उद्धार र राहत सामाग्री सहित अमेरिकी सेनाको बोइङ सी– १७ र चारवटा ओस्प्रे विमान २० वैशाखमा काठमाडौंमा अवतरण गरेका छन् । विमानसँगै १५० अमेरिकी सैनिक समेत आएका छन् ।

सी–१७ ले यूएच–१ वाई हुए हेलिकोप्टर समेत ल्याएको छ ।

ब्रिगेडियर जनरल पाउल केनेडीको नेतृत्वमा आएका अमेरिकी सेना, ओस्प्रे विमान र हेलिकोप्टर भूकम्प पीडितको उद्धार र राहत वितरण कार्यमा खटिने अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले जानकारी दिए ।

विमान अवतरणका बेला राजदूत बोडे पनि विमानस्थलमा पुगेका थिए ।

अकाशमै इन्धन भर्न सक्ने तथा उडान र अवतरणका लागि रनवे नचाहिने ओस्प्रे विमान उद्धार र राहतको काममा उत्कृष्ट मानिन्छन् ।

तपाईको प्रतिक्रिया