Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
भक्तपुर- प्रधान मन्त्री बाबुराम भट्टराईले सूचनालाई बन्देज लागउने सरकारको तयारीविरुद्ध आन्दोलनरत पत्रकार र इन्धन मूल्य वृद्धिको विरुद्ध आन्दोलनरत युवाहरुलाई संयमित हुन र वार्ताबाट समाधान खोज्न आह्वान गरेका छन् ।
२०४८ डुक ल्होसारको अवसरमा नाल्दुम पर्यटन विकास समितिले आयोजना गरेको महोत्त्सवमा बोल्दै प्रधान मन्त्री भट्टराईले सूचनाको हकमा अंकुश लगाउन नखोजिएको दावी गरे । कार्यक्रममा पत्रकारहरु कालो  पट्टी बाँधेर उपस्थित भएपछि उनले आफ्नो मन्तव्य अवधिभर नै पत्रकार र युवा नेताहरुलाई संवोधन गरे । कार्यक्रममा पुगेका भट्टराईलाई अनेरास्वियुका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।
भट्टराईले सूचनाको वर्गीकरणमा प्रधान मन्त्री तथा मन्त्रीहरुको संलग्नता नरहेको बताउँदै सूचनाको हक सम्वन्धि ऐनकै आधारमा सचिवहरुको संलग्नतामा यस्तो प्रावधान ल्याउन लागेको बताए । यसबाट पत्रकार तर्सन नपर्ने उनको तर्क थियो ।
मुलुकको सुरक्षा र गोपनियताका आधारमा सरकारका सचिवहरुले तयार गरेको  भन्दै उनले असहमति भए वार्तामा आउन पत्रकारहरुलाई आग्रह गरे ।
आन्दोलनरत युवाहरुलाई सम्वोधन गर्दै उनले मूल्यवृद्धिको विरोध गर्नु जायज नभएको बताए । ‘विदेशमा महँगोम किनेर हामीले सस्तोमा दिन सक्दैनौ । उता जति मूल्य हो यहाँ त्यतिमा दिने हो,’ उनले भने, ‘एक दुई हप्तामा सहुलियत कार्ड दिनेछौं ।’
‘अनुदान दिने अर्बौ जलविद्युतमा लगानी गर्न पाए उर्जा समस्या सकिन्थ्यो,’ उनले भने ।
राज्य पुनर्संरचनाको विषयमा दलबीच सैद्धान्तिक सहमति भइसकेको बताउँदै उनले शान्ति प्रकृया अगाडि बढिरहेको दावी गरे । ‘लडाकुलाई आजदेखि विदाई सुरु भइसक्यो,’ उनले भने ।
तपाईको प्रतिक्रिया