Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – बलिउड स्टारहरूलाई फिल्मबाट कसरी कमाउन सकिन्छ भन्ने थाहा छ भने उनीहरूमा लगानी गर्ने सीप पनि उत्तिकै रहेको छ । मुम्बईमा धेरै स्टारका आलिशान घरहरू रहेका छन् । कोही घर भाडामा दिन्छन् त कोही चर्को मूल्यमा बेच्छन् । हालै बी-टाउनका खिलाडी उर्फ ​​अक्षय कुमार पनि आफ्नो महँगो सम्पत्ति बेचेर चर्चामा आएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्काई फोर्सको रिलिजलाई लिएर चर्चामा रहेका अक्षय कुमार रियल स्टेटमा लगानी गर्न अग्रपंक्तिमा रहेका स्टारमध्येका एक हुन् । अक्षयको मुम्बईदेखि गोवासम्म धेरै घरहरू रहेका छन् । अब एक समाचार अनुसार अभिनेताले हालै आफ्नो करोडौंको घर बेचेका छन् । जुन घर बोरिवली पश्चिममा थियो ।

स्क्वायर यार्डका अनुसार यस लेनदेनसँग सम्बन्धित सम्पत्ति दर्ता कागजातहरू समीक्षा गरिएको छ। अक्षय कुमारद्वारा बेचेको सम्पत्ति स्काई सिटीमा स्थित छ, ओबेरोय रियल्टीद्वारा विकसित र २५ एकडमा फैलिएको छ। अभिनेताले यो अपार्टमेन्ट ४.२५ करोडमा बेचेका हुन् । जुनवाट उनले ७८ प्रतिशत नाफा कमाउन सफल भएका थिए ।

अक्षय कुमारले यो सम्पत्ति नोभेम्बर २०१७ मा किनेका थिए । त्यतिबेला उनले यो घरका लागि २.३८ करोड मात्रै तिरेका थिए । अपार्टमेन्टमा १,०७३ वर्ग फुट क्षेत्रफलको छ र यसमा दुईवटा कार पार्किङ ठाउँहरू पनि छन् । तर, कारोबारमा भने २५.५ लाखको स्ट्याम्प शुल्क र रु ३०,००० दर्ता शुल्क समावेश गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया