Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरुविरुद्ध लगातार कारबाही गरिरहेको छ । अमेरिकामा धेरै अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए । क्यारोलिन लेभिटले भने, ‘ट्रम्प प्रशासनले एक संदिग्ध आतंकवादी, ट्रेन डे अरागुआ गिरोहका ४ सदस्यहरू र नाबालिगहरू विरुद्ध यौन अपराधमा दोषी ठहरिएका धेरै अवैध आप्रवासीहरू सहित ५८३ अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ ।’

‘ट्रम्प प्रशासनले सयौं गैरकानुनी आप्रवासीहरूलाई सैन्य विमानमार्फत देश निकाला गरेको छ, इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान राम्रोसँग चलिरहेको छ, निर्वाचनमा जे वाचा गरिएको थियो, त्यो वाचाहरू पूरा गरिदैँछ’ उनले भने । ह्वाइट हाउसले थप भन्यो कि यो सरकारले देशको सीमाना सुरक्षित गर्न के गरिरहेको छ भन्ने सानो झलक हो ।

डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेलगत्तै धेरै महत्वपूर्ण निर्णय लिएका थिए । सबैभन्दा पहिले उनले बाइडेन प्रशासनका ७८ वटा निर्णय रद्द गरेका थिए । सो क्रममा अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने ट्रम्पले मेक्सिकोको सिमानामा फेरि पर्खाल बनाउने घोषणा गरेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया