Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ता गर्न मस्को सदैव तयार रहेको धारणा व्यक्त गर्नुभएको छ। उहाँले यसअघि पनि वार्ताका लागि रुचि देखाएको भन्दै यो कुरा पुनः दोहोर्याउनुभयो।

पुटिनका अनुसार वार्ता अघि बढाउन प्रतिबन्धको मुद्दालाई पहिलो प्राथमिकता दिनुपर्नेछ। उहाँले भनुभयो, “युक्रेनको वर्तमान कानुनी अवस्थाले वार्तालाई अवैध ठहर्याउँछ। प्रतिबन्ध हटेपछि मात्र वार्ताको अनुकूल वातावरण निर्माण सम्भव हुनेछ।” साथै, पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग वार्तालाई निषेध गर्ने कानुनी आदेशले वार्ताको सम्भावनामा शंका उत्पन्न गराएको बताए।

रूसी नेताले किएभलाई आर्थिक सहयोग उपलब्ध गराउने देशहरूले युक्रेनी पक्षलाई वार्ताका लागि अनुकूल वातावरण बनाउन दबाब दिनुपर्ने तर्क गर्नुभयो। पुटिनका अनुसार, युक्रेनका साझेदारहरूले यो प्रक्रिया सफल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

यसैबीच, विश्व आर्थिक मञ्चको डाभोस बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शान्ति सम्झौताको अमेरिकी प्रयासले सकारात्मक प्रगति गरिरहेको बताएका छन्। उनका अनुसार, द्वन्द्व समाधानका लागि वार्ता पुनः सुरु गर्ने काम आशाजनक दिशातर्फ अघि बढ्दैछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया