Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – जापानको ग्रामीण पर्यटन अर्थतन्त्र पुनर्जीवित गर्न विलासी रेल पर्यटनले आशा देखाएको छ । घट्दो जनसंख्या र यात्रुको कमीका कारण संकटमा रहेको क्षेत्रीय अर्थतन्त्र पुनर्जीवित गर्ने नयाँ उपायका रूपमा विलासी रेल पर्यटनले आशा देखाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हालै सुरु भएका उच्चस्तरीय रेल सेवाहरूले विदेशी पर्यटकहरूलाई जापानका कम चहलपहल भएका, तर समृद्ध सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिएका गन्तव्यहरूको यात्रा गराउँदै आएका छन् । जापानका ग्रामीण इलाकाका रेल सेवाहरू जनसंख्या कमीका कारण बन्द हुने अवस्थामा पुगेका थिए । यसै संकटलाई सम्बोधन गर्न, सरकार र निजी कम्पनीहरूले मिलेर विलासी रेल सेवाहरू सञ्चालन गर्न थालेका हुन् ।

यी रेलहरूले पर्यटकहरूलाई केवल यात्रा अनुभव मात्र दिँदैनन् उनीहरूलाई स्थानीय परम्परा, संस्कृति र भोजनको स्वाद पनि चखाउँछन् । टोक्युट कर्पोरेशनको रोयल एक्सप्रेस ट्रेनक्सले विभिन्न प्रान्तहरूमा विशेष रेल यात्रा सञ्चालन गर्दै आएको छ । गत नोभेम्बर र डिसेम्बर महिनामा शिजुओका प्रिफेक्चरमा सञ्चालन गरिएका विशेष यात्रा कार्यक्रमहरूले यात्रुहरूलाई तीन दिन र चार रातको अविस्मरणीय अनुभव प्रदान गर्‍यो ।

पश्चिमी जापानमा वेस्ट जापान रेलवे कम्पनीको ‘ट्वाइलाइट एक्सप्रेस मिजुकाजे’ जस्ता विलासी रेलहरूले यात्रुहरूलाई कम जनसंख्या भएका क्षेत्रहरूतर्फ आकर्षित गरिरहेका छन् । टोटोरी प्रिफेक्चरको हिगाशिहामा स्टेशनमा स्थानीय बासिन्दाहरूले यात्रुहरूलाई स्वागत गर्न आफ्नो परम्परागत लोकगान र नृत्य प्रदर्शन गरे । लोकगायन समूहका सदस्य मासुओ हमागुचीले भने, ‘यी रेलहरूले हाम्रो गाउँमा जीवन्तता फर्काइदिएको छ।  बढी पर्यटक आउन थालेपछि हाम्रो परम्परा र संस्कृतिलाई पनि नयाँ महत्त्व मिलेको छ ।’जापानका प्रमुख पर्यटक गन्तव्यहरू टोकियो, क्योटो, पर्यटकहरूको अत्यधिक भीडको सामना गरिरहेका बेला यी विलासी रेल पर्यटनहरूले विदेशी पर्यटकहरूलाई ग्रामीण क्षेत्रतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । एडोगावा विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक ताकेशी साकिमोटोका अनुसार जापानका कम प्रचारित क्षेत्रीय गन्तव्यहरूले ठूलो पर्यटन सम्भावना बोकेका छन् । विलासी रेल यात्राले यसलाई उपयोग गर्दै संघर्षरत स्थानीय रेल लाइनहरूलाई नयाँ जीवन दिन सक्छ ।

विलासी रेल सेवाहरूले केवल स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका छैनन् सांस्कृतिक जगेर्नामा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । स्थानीय व्यवसायहरू, होटेलहरू र उत्पादनहरूले नयाँ बजार पाउनेछन् भने स्थानीय परम्परा र संस्कृतिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर पनि मिलेको छ । विलासी रेल सेवाले जापानको पर्यटन नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया