समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी १० मा सजाय सुनाइने भएको छ। ‘हस मनी’ प्रकरणमा दोषी ठहर भइसकेका ट्रम्पको सजाय जेल या जरिवाना के हुने भन्ने टुङ्गो लागेको छैन। राष्ट्रपति पद सम्हाल्नुअघि उठाइएको यो मुद्दालाई ट्रम्पले असफल बनाउने प्रयास गरे पनि न्यायाधीशले सजाय सुनाउने मिति तोकिसकेका छन्। ट्रम्पको टिमले यस निर्णयको आलोचना गर्दै यसलाई अन्यायपूर्ण भनेको छ र मुद्दा खारेज गरिनुपर्ने माग राख्दै आएको छ।
मे महिनामा सार्वजनिक भएको घटनामा ट्रम्पले वयस्क फिल्म स्टार स्टोर्मी डानियल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिएको र केही व्यवसायिक विवरणहरूमा अनियमितता भेटिएको तथ्य फेला परेको थियो। ट्रम्पले भने यी आरोपहरूलाई निराधार ठहराउँदै आगामी २०२४ को राष्ट्रपति चुनावमा उनको उम्मेदवारी कमजोर पार्न यो मुद्दा उठाइएको दाबी गरेका छन्। ट्रम्पका प्रवक्ताले न्यायाधीश मर्चनको आलोचना गरेका छन्।