समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (मसाल) ले नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलद्वारा गरिएको ‘विद्रोह’को स्वागत गरेको छ। महासचिव मोहनविक्रम सिंहले शुक्रबार जारी गरेको एक वक्तव्यमा रावलले एमाले नेतृत्वको अलोकतान्त्रिक र अधिनायकवादी प्रवृत्तिको विरुद्ध उठाएको साहसिक कदमको प्रशंसा गर्दै यसलाई सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ।
वक्तव्यमा रावलको यो कदमलाई पार्टीभित्रको ‘विद्रोह’को रूपमा व्याख्या गरिएको छ। साथै, रावलको राष्ट्रियताप्रतिको अडानलाई सही र देशभक्तिपूर्ण ठहर गर्दै, प्रतिगमन र साम्राज्यवादका कारण नेपाली राष्ट्रियतामाथि उत्पन्न खतराहरूको सन्दर्भमा उनले उचित दृष्टिकोण राख्ने विश्वास समेत व्यक्त गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, पौष १९, २०८१
प्रकाशित समय: २१:५३:३७