Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग प्रतिबन्धित व्यवस्था पालना गर्नुपर्नेमा जोड दिएका छन्। उनले जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्त्वलाई जोगाउन जनकपुरवासीलाई नियम पालना गर्न आग्रह गरेका छन्।

सञ्चारकर्मीहरूसँगको भेटघाटमा मुख्यमन्त्री सिंहले मांसमदिरा निषेधसम्बन्धी प्रावधान कार्यान्वयन गर्न सम्बन्धित निकायलाई कडाइ गर्न निर्देशन दिएका छन्। यस क्रममा उनले नियम उल्लंघन गर्नेहरूलाई कारबाही गरिने स्पष्ट पार्दै परम्परा र गरिमाको संरक्षण सबैको दायित्व रहेको बताए।

मुख्यमन्त्रीले धार्मिक महत्व बोकेको जनकपुरधाम क्षेत्रको सांस्कृतिक पहिचानलाई जोगाउन स्थानीयहरूले मांसमदिराको उत्पादन, बिक्री र उपभोगबाट टाढा रहनुपर्ने आवश्यकतामाथि विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

 

 

तपाईको प्रतिक्रिया