Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – मानव बेचबिखनविरुद्धको अभियानमा समर्पित सामाजिक अगुवा सुनिता दनुवारको निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

उनी जोरपाटीस्थित आफ्नै निवासमा सोमबार बिहान श्रीमानले उठाउन खोज्दा अचेत अवस्थामा थिइन् । तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन् । मृत्युको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन ।

सुनिता शक्ति समूहकी संस्थापक अध्यक्ष थिइन् । यो संस्था मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अधिकार र पुनर्स्थापनाका लागि काम गर्दै आएको छ । सामाजिक योगदानको लागि उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी थिइन् ।

दनुवारलाई सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले ‘टिप हिरो’ (मानव बेचबिखनविरुद्धको नायक) को रूपमा सम्मान गरेको थियो । त्यसैगरी, फर्च्युन म्यागेजिनले उनलाई विश्वका ५० विशेष नेतृत्वकर्ताहरूको सूचीमा समेत समावेश गरेको थियो । उनको निधनले समाजसेवा र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया