Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर ऐन तथा कानूनहरूबाट “दलित” शब्द हटाउनुपर्ने प्रस्ताव गरेका छन्। बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दलित शब्द नहटाएसम्म यो समुदायमाथिको भेदभाव पूर्ण रूपमा अन्त्य गर्न नसकिने धारणा व्यक्त गरे।

गौतमले सामाजिक भेदभाव र छुवाछुत अन्त्य गर्न केवल बहस र छलफल पर्याप्त नभएको उल्लेख गरे। उनले विगत २० वर्षदेखि दलित समुदायले अन्याय झेल्दै आएको बताएर सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नु आवश्यक भएको बताए। उनका अनुसार “दलित” शब्दले नै विभाजन झल्काउँछ। त्यसैले यसलाई संविधान, ऐन, कानुन र अन्य दस्तावेजहरूबाट हटाउनु आवश्यक छ। गौतमले भने, “हामीले संविधान बनाउँदा ख्याल गर्न नसकिएको कुरा अब सुधार गर्नुपर्छ। दलित शब्द हटाएर सबैलाई समान दृष्टिकोणले हेर्नु पर्छ।”

बैठकमा अधिकांश सांसदहरूले दलित समुदायका अधिकार सुनिश्चित गर्ने र विकाससम्बन्धी विधेयक छिटो ल्याउनुपर्ने मागसमेत अघि सारेका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया