समाचार सुन्नुहोस :
काठमाडौँ – मलेसियामा भइरहेको महिला यु–१९ एसिया कप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको ‘सुपर–४’ खेल वर्षाले स्थगित भएको छ। क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा सुरु भएको खेल वर्षाका कारण पहिलो ओभरपछि रोकिएको थियो। खेल स्थगन भएसँगै दुवै टोलीले १-१ अङ्क बाँडेका छन्।
नेपालले यसअघि सुपर–४ मा स्थान बनाउन पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। त्यसपछि समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द हुँदा नेपाल र भारतले १-१ अङ्क बाँडेका थिए। रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बनेको थियो भने नेपाल उपविजेता रह्यो।
प्रकाशित मिति: बिहिबार, पौष ०४, २०८१
प्रकाशित समय: १८:१५:०२