Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – गृहमन्त्री रमेश लेखकले हिरासतभित्र खिचिएको फोटो सार्वजनिक गर्नेमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाहीको निर्देशन दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक भएपछि सुरक्षा व्यवस्थामा कमजोरी भएको भन्दै यसमा संलग्नहरूमाथि अनुसन्धान गर्न गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिएका हुन् ।

सामाजिक सञ्जालमा रवि लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएसँगै उक्त तस्बिर कसरी बाहिरियो भन्ने विषयमा चासो बढेको छ । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग संवाद गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनेका छन् । गृहमन्त्रीले भने, ‘सुरक्षा व्यवस्थामा भएको लापरबाही स्वीकार्य छैन । घटना सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीमाथि कडा कदम चालिनेछ ।’

सुरक्षा प्रणालीको कमजोरीलाई सुधार्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्रीले यस प्रकारका घटनाहरू दोहोरिन नदिन विशेष सावधानी अपनाउन पनि निर्देशन दिएका छन् । सार्वजनिक फोटो रविकै भएको र उक्त फोटो आफूले खिचेको डा. निकोलस भुसालले दाबी गरेका छन् ।

यो पनि : प्रहरीकै अगाडि रविको फोटो सिसिटीभीमा खिचेको हुँ : निकोलस (भिडिओ)

तपाईको प्रतिक्रिया