काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा साढे लाखभन्दा बढी यात्रु आवागमन र साढे १२ हजारभन्दा बढी उडान-अवतरण भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार जारी गरेको तथ्यांक अनुसार सन् २०२४ नोभेम्बर महिनामा ८ लाख ५१ हजार २५ यात्रु आवागमन भएको छ । नोभेम्बरमा १२ हजार ५ सय २५ उडान-अवतरण भएको छ । दुवै संख्या आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हो ।
नोभेम्बरमा अन्तर्राष्ट्रियतर्फ ४ लाख २९ हजार ८ सय ४७ यात्रु आवागमन भएको छ । कुल २ हजार ६ सय ४८ उडान-अवतरणबाट १ लाख ९९ हजार ४ सय ९५ यात्रु आगमन भएको छ भने २ लाख २९ हजार ७ सय ६३ यात्रु बाहिरिएका छन् ।
त्यसैगरी आन्तरिकतर्फ ४ हजार ९ सय ३३ अवतरण हुँदा २ लाख १९ हजार ४ सय ३० र ४ हजार ९ सय ४४ उडानबाट २ लाख १ हजार ७ सय ४८ यात्रु बाहिरिएका छन् । कुल आन्तरिक यात्रु आवागमन संख्या ४ लाख २ हजार १ सय ७८ पुगेको छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: बुधबार, पौष ०३, २०८१
प्रकाशित समय: २३:२४:४४