Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) आज झिनो अंकले बढेको छ । अघिल्लो दिन सोमबार मात्रै ५१ अंकले घटेको नेप्से मंगलबार २.९५ अंकले बढेर २६३३.८७ को विन्दुमा बन्द भएको हो । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। आज बजारमा ८९ लाख ३९ हजार ३४८ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार नेप्से परिसूचक ५१.३७ अङ्कले घटेर २६३०.९१ को विन्दुमा बन्द भएको थियो । यस दिन १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार रुपैयाँको कारोबार भएको थियो । आज कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ । सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै कारोबारका आधारमा जानकी फाइनान्स कम्पनी २२ करोड २४ लाख ३ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया