Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – जापानको राजधानी टोकियो हो भने टोकियोको पनि राजधानीकारुपमा शिन्ज्युकुलाई लिन सकिन्छ । टोकियो महानगरिय प्रशासनिक केन्द्र पनि शिन्ज्युकुमै रहेको छ । जुन विश्वकै दश उत्कृष्ट महानगरिय प्रशासनिक केन्द्र मध्यकै एक मानिन्छ । शिन्ज्युकुमा रहेको अग्लो र भीमकाय महानगरिय प्रशासकीय भवन (तोच्यो) हेर्नकै लागि वर्षेनी लाखौंको संख्यामा विदेशी पर्यटकहरु आउने गर्दछन् ।
टोकियो महानगरिय क्षेत्रमा रहेका २३ वटा नगरपालिका मध्य सबैभन्दा धेरै विदेशीहरु बसोबास गर्ने नगरपालिका शिन्ज्युकु हो । शिन्ज्युकु नगरपालिकाले उपलब्ध गराएको यहि डिसेम्बर १ तारिखको तथ्याङ्क अनुसार यहाँको कुल जनसंख्या ३ लाख ५३ हजार ३ सय २९ रहेको छ । जसमध्य विदेशीहरुको संख्या ४८ हजार २ सय ८५ अर्थात १३ दशमलव ७ प्रतिशत रहेको छ ।
नगरपालिकाका अनुसार यहाँ १ सय ३१ देशका विदेशीहरु बसोबास गर्दछन् । जसमा सबैभन्दा बढि चिनिया १८ हजार ७ सय ६ (३८ दशमलव ७ प्रतिशत) दोस्रोमा कोरियन ९ हजार १ सय २६ (१८ दशमलव ९ प्रतिशत) र तेस्रो स्थानमा नेपालीहरु ४ हजार ३ सय ८० (९ दशमलव १ प्रतिशत) रहेका छन् । यसैगरी चौथोमा म्यान्मार २ हजार ९ सय ४ (६ दशमलव ० प्रतिशत), पाँचौमा भियतनाम २ हजार ९ सय ४ (५ दशमलव ६ प्रतिशत), छैठौंमा ताइवान १ हजार ९ सय ७४ (४ दशमलव १ प्रतिशत), सातौंमा अमेरिका १ हजार २ सय १७ (२ दशमलव ५ प्रतिशत), आठौंमा फ्रान्स ७ सय ५९ (१ दशमलव ६ प्रतिशत), नवौं स्थानमा फिलिपिन्स ७ सय १४ (१ दशमलव ५ प्रतिशत) र दशौं स्थानमा थाइ ६ सय ७ (१ दशमलव ३ प्रतिशत) छन् भने बाँकी ५ हजार १ सय ७३ जना (१० दशमलव ७ प्रतिशत) अन्य विभिन्न देशका मिश्रित नागरिकहरु रहेका छन् । कुनै कुनै देशका त १, १ जना नागरिकको पनि यहाँ बसोबास रहेको बताईएको छ ।
शिन्ज्युकु नगरमा बसोबास गर्ने विदेशीहरुमा सबैभन्दा धेरै अर्थात १८ हजार ६ सय २७ (४० दशमदव ७० प्रतिशत) २० देखि २९ वर्ष उमेर समुहका छन् भने त्यसपछि ९ हजार ७ सय ६ (२१ दशमदव २१ प्रतिशत) ३० देखि ३९ वर्ष उमेर समुहका रहेका छन् । यसैगरी ४० देखि ४९ वर्ष उमेर समुहका ५ हजार ८ सय ३४ (१२ दशमलव ७५ प्रतिशत) रहेको तथ्याङ्कमा जनाईएको छ । यसैगरी १० वर्ष मुनिका विदेशी बालबालिकाको संख्या १ हजार ७ सय ३६ (३ दशमलव ७९ प्रतिशत) रहेको छ भने ८० वर्ष माथिका २ सय २१ जना र ९० वर्षभन्दा माथिका विदेशीको संख्या ४३ जना रहेको जनाईएको छ ।
यसैगरी शिन्ज्युकु नगरीमा बसोबास गर्ने विदेशीहरुको भिसा क्याटगोरीको आधारमा सबैभन्दा बढि विद्यार्थी भिसामा रहेकाहरु १६ हजार ६ सय ३७ जना छन् । दोस्रोमा स्थायी आवासीय भिसा (एज्युसा) ८ हजार ५ सय २९ जना रहेका छन् भने तेस्रोमा अफिसियल कर्मचारी (गिजिचु जिम्बुन चिसिकी खोकुसाई ग्योमु) र चौथोमा डिपेन्डेन्ट (खाजोकु ताइजाइ) ४ हजार ६ सय ४८ जना रहेका छन् । यसैगरी पाँचौंमा विशेष निर्दिष्ट क्रियाकलाप (तोकुतेइ खाचुदो) २ हजार ३ सय ६, छैठौंमा तेज्युसा १ हजार ५ सय १० जना, सातौंमा विजनेश म्यानेजर १ हजार २ सय ५८ जना, आठौंमा स्पेशल स्थायी आवासीय १ हजार १ सय ७३ जना, नवौंमा सीपयुक्त कर्मचारी (गिनोउ) १ हजार १ सय ६८ जना र दशौंमा जापानी नागरिकसंग विवाहित १ हजार ५७ जना रहेका छन् ।
यसैगरी शिन्ज्युकु नगर अन्तर्गतका एरियाका आधारमा सबैभन्दा धेरै विदेशीहरु रहेको ओकुबो २ च्योमेमा २ हजार ५ सय ९५ जना, ह्याकुनिन्च्यो २ च्योमेमा १ हजार ९ सय ४५ जना, ओकुबो १ च्योमेमा १ हजार ५ सय १०, ह्याकुनिन्च्यो १ च्योमेमा १ हजार ४ सय ७४, कावादा–च्योमा ९ सय १० जना र सिमो–ओच्याआइ १ च्योमेमा ८ सय ६३ जना रहेका छन् ।
यसरी हेर्दा शिन्ज्युकुमा जापानीहरु मात्र नभई विदेशीहरुका लागि पनि बसोबासका लागि सहज ईलाका मानिएको छ । यातायातका दृष्टिकोणले शिन्ज्युकुबाट जापानका धेरैजसो प्रमुख सहरसंग जोडिएको रेलमार्ग र सडक सञ्जाल रहेको छ भने स्कुल, कलेज, युनिभर्सिटी, जापानी स्कुल, भोकेशनल स्कुल जस्ता एकेडेमिक संस्थानहरुको संख्या पनि यहाँ प्रशस्त रहेको छ । हुलाक, अस्पताल र अन्य दैनिक जनजीवनसंग जोडिएका सार्बजनिक निकायहरु पनि यहाँ प्रशस्त रहेको जानकारहरु बताउँछन् । यहाँको स्थानीय निकायले विदेशीहरुको सुविधालाई ध्यानमा राखी निःशुल्क जापानी भाषा कक्षा, टेलिफोन वा काउन्टरमै गएर लिन सकिने विदेशी भाषामै परामर्श सेवा, जापानमा दैनिक जीपनयापनका लागि सहजीकरण हुने निःशुल्क गाइडबुक, विदेशीहरुले बुझ्ने भाषामा लेखिएका पर्चा, पोष्टर जस्ता सामग्री उपलब्ध गराउँदै आईरहेको छ । यसरी हेर्दा शिन्ज्युकु नगर प्रशासन पहिलेभन्दा अधिकतम विदेशीमैत्री हुन खोजीरहेको देखिन्छ । सोहीअनुरुप विदेशीहरुको पनि आफ्नो लागि भनेर उपलब्ध गराएको सेवा, सुविधा बारे जानकार हुन र त्यसबाट लाभान्वित हुने दिशामा ध्यान जान जरुरी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया