Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसहित पाँचजनालाई कास्की जिल्ला अदालतमा पेस गरिएको हो। उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता तीनवटा मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी जुटिरहेको छ।

प्रहरीले अनुसन्धान अझै जारी रहेको बताउँदै म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो। कास्की अदालतमा मुद्दा हेर्ने क्रममा डीएसपी वसन्तकुमार शर्माले दिएको जानकारीअनुसार, सूर्यदर्शन सहकारी ठगीमा संलग्न भएको आरोपमा ५१ जना प्रतिवादीमाथि मुद्दा दायर गरिँदैछ। यसमा कुल १ अर्ब ५१ करोड बराबरको बीगो दाबी गरिने भएको छ।

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध पुस ५ गते अभियोग पत्र दायर गर्ने तयारी गरिरहेको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा ९० दिनको अनुसन्धान अवधि भएकाले पुस ५ सम्म आरोप पत्र दर्ता गरिनेछ। पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्ने भएकाले लामिछानेलाई पनि जोशी पक्राउ गरेको मितिबाट म्याद मिलाइएको हो।

लामिछानेलाई गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो। यसबीच उनीमाथि कास्की, चितवन, पर्सा र काठमाडौं अदालतमा उपस्थित गराएर अनुसन्धान जारी राखिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया