Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – वेस्ट इन्डिजका ‘महान्’ क्रिकेटर ब्रायन लारा नेपाल भ्रमणको क्रममा सगरमाथा आधार शिविर (एभरेस्ट बेसक्याम्प) पुगेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आएका लाराले सोमबार सोलुखुम्बुस्थित एभरेस्ट बेसक्याम्प अवलोकन गरेका हुन्। एनपीएलको आधिकारिक फेसबुक पेजले लाराको आधार शिविर भ्रमणको तस्वीर सार्वजनिक गरेको छ।

लारा आफ्नो छोरीसहित गत शुक्रबार नेपाल आएका थिए। शनिबार उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्‍खाजबीच भएको एनपीएल खेल हेरेका थिए। खेलपछि उनले मैदान प्रवेश गरी नेपाली दर्शकको अभिवादन स्वीकार गर्दै उनीहरूसँग मित्रवत रूपमा प्रतिक्रिया जनाएका थिए ।

५५ वर्षीय लाराले वेस्ट इन्डिजको राष्ट्रिय टोलीका लागि सन् १९९० देखि २००७ सम्म ४३२ खेल खेलेका थिए। उनी सन् २०२४ टी–२० विश्वकपका समयमा नै नेपाल भ्रमण गर्ने इच्छा भएको कुरा सार्वजनिक रूपमा भनेका थिए।

यसअघि भारतीय क्रिकेट स्टार शिखर धवन पनि नेपाल भ्रमणका क्रममा सगरमाथा आधार शिविर पुगेका थिए। लाराको यो भ्रमणले नेपालमा पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश पुर्‍याएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया