समाचार सुन्नुहोस :
काठमाडौँ – माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीचको झडपका क्रममा घाइते भएका प्रदर्शनकारीप्रति पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐक्यबद्धता व्यक्त गरेका छन्।
बुधबार माइतीघर क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीहरू घाइते भएका थिए। कुशलब केसीसहित केही प्रदर्शनकारीलाई त्यसक्रममा चोटपटक लागेको थियो।
घाइते कुशलब केसी बिहीबार व्हीलचेयरमा माइतीघर पुगेका थिए। प्रदर्शनको समर्थन गर्दै पूर्वगृहमन्त्री श्रेष्ठले त्यहाँ उपस्थित भई सहकारी पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएका हुन्।