समाचार सुन्नुहोस :
काठमाडौँ – यू–१९ महिला विश्वकपका लागि छनोट भएको नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले यो पुरस्कारको घोषणा गरेको हो। टिम अफिसियलहरूलाई भने १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ।
नेपाली टोलीले एसिया छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई ८ विकेटले पराजित गर्दै यु-१९ टी-२० विश्वकपमा छनोट भएको थियो। नेपाल सन् २०२५ को १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुने आईसीसी महिला यु-१९ टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले १८ जनवरीमा बंगलादेश, २० जनवरीमा स्कटल्याण्ड र २२ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ ।