Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा मनाइँदै छ। यो पर्व सामान्यतया दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो। त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कुकुर पूजा गर्दा यमराजको द्वारपालका रूपमा रहेको कुकुरले स्वर्गको यात्रा सजिलो बनाउने धार्मिक विश्वास रहेको छ।

आज साँझ लक्ष्मी पूजा गर्नु का साथै घर सफा गरी गाईको गोबर र माटोले लिपपोत गरेर दीपावली मनाइन्छ। लक्ष्मीको स्वागतका लागि झ्याल, ढोका, आँगनदेखि पूजा कोठासम्म दीप प्रज्वलन गरिन्छ। लक्ष्मीपूजा पछि, घरका नारीहरूले “अलक्ष्मी भागोस्, लक्ष्मीको आगमन होस्” भन्ने कामनासहित नाङ्लो ठटाउने शास्त्रीय परम्परा रहेको छ।

आजको साँझ भैलो खेल्ने परम्परासमेत रहेको छ। जसमा युवतीहरू समूहमा घरघर गएर गानगुनी गर्छन्। भैलोको क्रममा धान, चामल, पैसा, रोटी आदिको दान दिइन्छ, जसलाई धार्मिक महत्वको मान्यता दिइन्छ।

 

 

तपाईको प्रतिक्रिया