Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले आफू एक्लै भए पनि पार्टीको सिद्धान्तको संरक्षण गरिरहेको दाबी गरेका छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै ढकालले कास्कीमा भएको आन्दोलनलाई रास्वपाको नभएर रवि लामिछाने क्लबको आन्दोलनका रूपमा बुझ्न मिडियालाई आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।’ ढकालले कानून भन्दा माथि कोही नभएको बताउँदै राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर आफू अडिग भएको बताए ।

यस्तो छ ढकालको पुरा स्टाटस : ‘म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नाम अनुसार । आज रास्वपाको कोही छ त, म छु । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दा माथि कोही छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु । कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो । रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा ‘विधिको शासन’ ।

 

तपाईको प्रतिक्रिया