Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २७, २०८१
Sunday, October 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा आफूलाई गरिएको स्वागत सबै नेपालीहरुलाई गरिएको सम्मान भएको बताएका छन् । शनिबार निर्मल निवासमा सर्वसाधारणलाई विजया दशमीको टीका लगाउने क्रममा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

ज्ञानेन्द्रले आफ्नो भुटान भ्रमणलाई निजी भ्रमण भएको स्पष्ट गर्दै भुटानी राजपरिवार र जनताले देखाएको आतिथ्य, सम्मान र मित्रतालाई सम्पूर्ण नेपाली समुदायप्रति सम्मानको रूपमा बुझेको बताए। उनले भुटान भ्रमणको बारेमा धेरैको चासो र जिज्ञासा रहेको पनि उल्लेख गरे। साथै, भुटानी जनताले देखाएको सद्भावको लागि राजपरिवार र जनताप्रति आभार प्रकट गरे।

उनले भने, ‘तपाईंहरुमार्फत सबै नेपालीलाई शुभकामना छ, विजया दशमीको । अहिले हालै म भुटान गएको थिएँ । त्यसको अहिले चासो र जिज्ञासा भएको छ । त्यो निजी भ्रमण थियो । त्यहाँका राजपरिवार र भूटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रता । मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु । तपाईंहरुमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु ।’ पूर्वराजा शाहले विजया दशमीको शुभ अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया