Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस संविधान खारेज गर्न लागिरहेको आरोप लगाएका छन्। त्यसैका लागि सुरुमा संविधान संशोधन भन्ने कूटनीतिक भाषा प्रयोग गरेको दाबी प्रचण्डले गरेका छन्।

बुधबार बिहान सम्पादकहरूसंगको अन्तरक्रियामा उनले भने, ‘उहाँहरूको चासो संविधान संशोधन हो भन्ने मलाई लाग्दैन, उहाँहरूको चाहनाचैँ संविधान खारेजी हो। एकैचोटी खारेज भन्न त भएन, पहिले संशोधन भन्न पर्‍यो। यो कूटनीतिक भाषा हो। सदन पटकपटक विघटन भयो नि, जनताले हुँदैन भन्दाभन्दै पनि। त्यो सदन विघटन मात्रै थिएन, त्यसको मूल उद्देश्य संविधान विघटन थियो।’

उनले थपे, ‘बयलगाडा सिद्धान्त मन पराउनेहरुलाई समावेशिता मन परेको छैन, समानुपातिकता त झन् मन परेको छैन। संघीयता पनि मन परेको छैन, अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन।’ ***

तपाईको प्रतिक्रिया