Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सहकारी बचतकर्ताको सवा अर्ब अपचलन गरेको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर ५१ वर्षीय देवकुमार नेपालीलाई प्रहरीले काठमाडौँ हुँदै बागलुङ पठाएको छ ।

करिब डेढ वर्षदेखि फरार रहेका नेपालीलाई प्रहरीले इन्टरपोलको समन्वयमा शुक्रबार नयाँ दिल्लीबाट पक्राउ गरेको थियो । उनलाई विमानबाट काठमाडौँ ल्याएर थप अनुसन्धानको लागि बागलुङ पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

नेपाली इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङ र पोखराका संस्थापक अध्यक्ष तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सञ्चालक समितिका उपाध्यक्षसमेत हुन् । ५१ वर्षीय नेपालीसमेत ८ जनालाई सहकारी ऐन २०७४ अन्तर्गतको कसुरमा पक्राउ गर्नका लागि बाग्लुङ जिल्ला अदालतबाट २०८० जेठ २४ गते पक्राउ अनुमति जारी भएको थियो ।

त्यसयता उनी फरार रहेकोमा २०८० माघ १० गते रेड कर्नर नोटिस जारी भएको थियो । उनीसँगै इमेज बचत तथा ऋण सहकारी संस्था बाग्लुङको ठगीमा संलग्न रहेको आरोप लागेका ओमबहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरिएको छ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया