Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको समयमा हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । अमेरिकामा रहेका प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हवाई भाडा महँगो नलिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकाको न्युयोर्कमा छन् । उनले लेखेका छन्, ‘लगातारको वर्षा र बाढी-पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नु हुन अनुरोध छ ।’

तपाईको प्रतिक्रिया