Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।

प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५–१५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सबै पूर्व घोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।यसैबीच सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले अविरल वर्षापछिको बाढी र पहिरो पीडितको उद्धार र राहत विरतणको कार्यमा जुट्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रित कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका कमिटीहरूलाई डुबान र पहिरो पीडितको उद्धार र राहतमा लगाउने निर्णय गरेको हो । पीडितको पक्षमा प्रभावकारी काम गर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले आगामी १६ असोजसम्म शुभकामना आदानप्रादनहरु स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया