Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

नागोया – प्रवासी नेपाली मञ्च जापान, तोकाई नागोया क्षेत्रीय कमिटीको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पुनः नरेश राई सर्वसम्मत निर्वाचित भएका छन् । सेप्टेम्बर २२ तारिख आइतबार नागोयाको आईची पीस मेमोरियल हलमा आयोजना गरिएको अधिवेशनबाट अध्यक्षमा राईसहित कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

निर्वाचित उपाध्यक्षमा मनोज खनाल, सचिवमा राजकुमार भण्डारी,उपसचिवमा सरोज काफ्ले र सुनील मिजार रहेका छन् । कार्यसमिति सदस्यहरूमा राजेन्द्र लम्साल, रविन सापकोटा, गंगा प्रसाद सापकोटा, किरण कँडेल, रवीन्द्र कार्की, बिबिता सिटौला, भगवती गुरूङ, कोपिला आचार्य कँडेल, रामकुमार तामाङ र प्रविन गुरूङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सदस्य द्वय डा। सरोज कँडेल र सुरेश केसी, प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, प्रवासी नेपाली मञ्च जापानका संगठन प्रमुख प्रकाश ढकाल, प्रवासी नेपाली मञ्च, नागोयाका इन्चार्ज अर्जुन केसी लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया