Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नक्खु खोलाले चार जनालाई बगाएको छ । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटस्थित कान्तिपुर कोलोनीमा चारजना व्यक्तिलाई खोलाले बगाएको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार एक महिला, दुई पुरुष र एक बालकलाई खोलाले बगाएको छ ।

प्रहरीले उद्धारको लागि डोरी दिएर प्रयास गरेपनि बगाएको छ । प्रहरीले डोरीमा क्यारेट पठाएर त्यसको माध्यमबाट उद्धार गर्न खोजेको थियो । त्यही क्रममा उक्त घर नै ढलेपछि उनीहरु खोलामा परेका छन् ।

तपाईको प्रतिक्रिया