Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – लेबननमा हिजबुल्लाहलाई लक्षित गरेर इजरेलले गरेका भीषण र व्यापक हवाई हमलामा परेर कम्तीमा ४९२ जना मानिसहरू मारिएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।

झन्डै दुई दशकमा त्यहाँको द्वन्द्वको सबैभन्दा घातक दिनको रूपमा सोमवारका घटनालाई लिइएको छ । हिज्बुल्लाहले सन् २००६ को युद्धयता तयार पारेका पूर्वाधार ध्वस्त पार्ने गरी उक्त सशस्त्र समूहका १ सय ३०० निशानामा प्रहार गरेको इजरेलले जनाएको छ ।

त्यसैबीच हिज्बुल्लाहले उत्तरी इजरेलमा २ सयभन्दा धेरै रकेट प्रहार गरेको इजरेली सेनाले जनाएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार विस्फोटनका भग्नावशेष लागेर दुई जना मानिसहरू घाइते भएका छन् । दुवै पक्ष पूर्ण आकारको युद्धतर्फ धकेलिईरहँदा विश्व शक्तिहरूले उनीहरूलाई संयम अपनाउन आग्रह गरेका छन् ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन्। अन्य १ हजार ६ सय ४५ जना घाइते अवस्थामा छन् । उसले हताहत हुने सर्वसाधारण र लडाकुहरू छुट्याइएको विवरण दिएको छैन ।

लेबननका स्वास्थ्यमन्त्री फिरास अबियादले हमलाका कारण हजारौँ परिवार विस्थापित भएको बताएका छन् । सीमापार लडाइँबाट भाग्न खोजेका सर्वसाधारणको भिडले सोमवार उत्तरी क्षेत्र जोड्ने सडकमा गाडीहरूको ठूलो जाम देखा परेको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले चर्कँदो अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूले लेबनन अर्को गाजा बनेको देख्न नचाहेको बताएका छन् । -बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया