Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – इजरायलले लेबनानमा गरेको हवाई आक्रमणका कारण कम्तिमा १ सयजनाको मृत्यु भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले इजरायली आक्रमणमा भएको क्षतिबारे जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४ सयभन्दा बढी घाइते भएका छन् । केहीदिनयता इजरायलले लेबनानमा अतिवादी समूह हिजबुल्लाहलाई लक्षित गरेर हवाई आक्रमण गर्दै आएको छ । पछिल्लो पटक दक्षिणी लेबनानका गाउँ र शहरमा इजरायली सेनाले भीषण बमबारी गरिरहेको छ ।

आक्रमण सबैभन्दा ठूलो भएको बताइएको छ । राजधानी बेरुतमा पनि खतराको साइरन बजाइएको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहका ३ सयभन्दा धेरै अखडालाई लक्षित गरेर हवाई आक्रमण गरेको बयान दिएको छ ।

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा दर्जनौं रकेट प्रहार गरेको जनाएको छ । घाइतेको संख्या अत्यधिक भएपछि अस्पतालहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्न थालेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया