Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका मुख्यमन्त्री केजरीवालले अबका दुई दिनपछि पदबाट राजीनामा दिने बताएका हुन् ।

मुख्यमन्त्री केजरीवालले आमआदमी पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूलाई सम्बोधन गर्दै राजीनामा गर्ने घोषणा गरेको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ । उनले आफूले अग्निपरीक्षा गर्न चाहेको बताउँदै राजीनामा दिन लागेको बताए । ‘म मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिँदैछु । जनताले आफ्नो निर्णय नसुनाउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ,’ उनले भने, ‘म हरेक घर र हरेक सडकमा जान्छु र जनताको निर्णय नआउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ ।’

यस्तै जेलमा हुँदा राजीनामा नदिएकोबारे पनि उनले प्रष्टीकरण दिएका छन् । उनले लोकतन्त्रको सम्मान गर्ने भएकाले राजीनामा नदिएको बताए । ‘म लोकतन्त्रको सम्मान गर्छु त्यसैले मैले राजीनामा दिइनँ । मेरो लागि संविधान नै सर्वोच्च हो,’ उनले भने । दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

न्यायाधीशहरू सूर्यकान्त र उज्वल भुयनले मुख्यमन्त्री केजरीवाललाई शर्तसहित छाडेको थियो । सिबिआईले उनलाई जुन २६ मा पक्राउ गरेको थियो । यसविरूद्ध केजरीवालले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । जेलबाट छुटे पनि केजरीवाल लेफ्टिनेन्ट गभर्नर भिके सक्सेनाको अनुमति बिना मुख्यमन्त्री कार्यालय वा कुनै कागजातमा हस्ताक्षर गर्न नपाउने गरी छाडेको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया