Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – युट्युब हेरेर पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको छ । भारतको बिहारमा पत्थरीको शल्यक्रिया गर्दा सारण जिल्लाको मढौरामा १५ वर्षीय गोलु साहको मृत्यु भएको हो ।

बिरामीको मृत्युपछि कथित एक डाक्टर फरार भएका छन् । बिरामी साहलाई पेट दुख्ने र बान्ता हुने समस्यापछि अभिभावकले शुक्रबार राति स्थानीय एक क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगेका थिए । पित्त थैलीमा पत्थरी रहेको भन्दै डाक्टरले उनको अप्रेसन गरेका थिए । अप्रेसनकै क्रममा बिरामीको मृत्यु भएपछि डाक्टर फरार भएका हुन् ।

मृतकका हजुरबुबाले जनाए अनुसार डाक्टरले युट्युबमा भिडियो हेर्दै अप्रेसन गरेका थिए । आफूले डाक्टरलाई यसबारे सोध्दा उल्टै हप्काएको मृतकका हजुरबुबाले बताएका छन् । बिरामीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि डाक्टरले नै एम्बुलेन्स बोलाएर बिरामीलाई पटनातर्फ लगेका थिए । बिरामीका साथ उनकी हजुरआमा पनि गएकी थिइन् । तर बाटोमै किशोरको मृत्यु भएपछि डाक्टर फरार भएको आज तकले उल्लेख गरेको छ ।

उक्त घटनाका सम्बन्धमा जानकारी पाएपछि प्रहरीले उक्त क्लिनिकमा छापा मारेको छ । फरार चिकित्सकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया