Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

टोकियो – जापानको एक धार्मिकस्थलमा यौनक्रिलाप गरेको आरोप अस्ट्रियाका एक जना ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । सीएनएनका अनुसार ती वृद्ध जापानकी ४० वर्षीया महिलासँग यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उनीहरूलाई टोकियोभन्दा ५ सय किलोमिटर टाढा रहेको सानो सहर केसेनुमाको एक धार्मिकस्थलबाट गत अगस्त २२ मात्र पक्राउ गरिएको थियो । ती पुरुष भाग्न सक्ने भएकाले प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । भाग्ने डर नभएकाले महिलालाई भने पक्राउ गरिएन ।

उनी हिरासतबाट रिहा भइसकेका छन् । तर, उनलाई के-कस्तो कारबाही गरियो भन्ने चाहिँ खुलाइएन । उनी त्यहाँ नै बस्थे वा पर्यटक थिए भन्ने पनि जानकारी दिइएको छैन । यस्तो अपराधका लागि कसैलाई देश निकाला नगरिने तथा जरिवाना भने हुने स्थानीय प्रहरीले जानकारी दिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया