Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदैं गर्दा जापानका विभिन्न सहरहरुमा एक पछि अर्को साना-ठूला तीज विशेष कार्यक्रमहरु भईरहेका छन् । यसैबीच नेपाली जनप्रगतीशिल मञ्च जापानको कान्तो कमिटीले पनि आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको तीज विशेष साँगीतिक माहौलमा नेपाली चेलीबेटीहरु धित मरुञ्जेल झुमेका थिए । जापानमै रहेका कलाकारद्वय सोना केसी र चेतन घर्ती मगरले उनीहरुलाई राति अबेरसम्म छमछमी नचाएका थिए । चेलीबेटीहरुलाई तीज विशेष परिकार दरले स्वागत गर्नुका साथै उनीहरुलाई तीज विशेष साँगीतिक माहौलमा भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एशिया प्रदेश समिती सदस्य तथा महिला बिभाग प्रमुख समेत रहेकी माओबादी केन्द्रकी नेतृ कालिका थापाले महिलामाथि हुने कुनै पनि प्रकारका अन्याय र ज्यादतीका बिरुद्ध एक हुन समस्त नेपाली नारीहरुमा अपिल गर्दै तीज पर्वको शुभकामना ब्यक्त गरिन् । कार्यक्रममा जापानका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा महिला अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उत्साहजनक उपस्थिति जनाएर कार्यक्रम सफल पार्न सहयोग गर्ने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई मञ्चका कान्तो अध्यक्ष सुनिल देवकोटाले धन्यबाद ब्यक्त गर्दै हरितालिका तीजको शुभकामना ब्यक्त गरेका थिए । ‘प्रवासमा भए पनि तीज पर्वको मौलिकताको जगेर्ना गर्दै यसलाई मर्यादित बनाउने जिम्मेवारी बोधका साथ हामीले यस कार्यक्रमको आयोजना गरेका हौं, यस कार्यमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने सबै अग्रजहरुप्रति नतमस्तक छौं’ – अध्यक्ष देवकोटाले भने ।

मन्चको कान्तो कमिटीका सहकोषाध्यक्ष सुष्मा लामिछानेको सभापतित्वमा भएको सो कार्यक्रमको कान्तो सचिव सन्दिप सुनारले सन्चालन गरेका थिए । ***

तपाईको प्रतिक्रिया