समाचार सुन्नुहोस :
काठमाडौँ – जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमा बढेको सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सञ्चार तथा आन्तरिक मामिला मन्त्रालयको जानकारी अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगारी दर २.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाको २.५ प्रतिशतभन्दा बढी हो।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ । यसको अर्थ, काम खोजिरहेका प्रत्येक १०० व्यक्तिका लागि १२४ रोजगारी उपलब्ध छन्।
विश्लेषकहरूले जुलाई महिनामा रोजगारीको अवस्था केही कमजोर भएको बताएका छन्। यद्यपि, स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्न सक्ने सम्भावना रहेको उनीहरूले औंल्याएका छन्।