Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ । फाइनल प्रतिस्पर्धा दिउँसो साढे २ बजेदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ । नेपाल तेस्रो तथा बंगलादेश चौथोपटक फाइनल खेल्न लागेका हुन् ।

यसअघि बंगलादेशले सन् २०१७, २०१९ र २०२२ को फाइनल खेलेको थियो तर तीनवटै संस्करणमा पराजित भएको विगत छ । यसअघि नेपाल जतिपल्ट फाइनल पुगेको छ, जितेकै छ । नेपाल सन् २०१५ र २०१७ को विजेता हो ।

जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भुटान तथा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा हराए । प्रतियोगितामा अहिलेसम्म नेपाल अपराजित छ । नेपालले समूह चरणमा श्रीलंकालाई १-० तथा बंगलादेशलाई २-१ ले हरायो । सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले पाखा लगायो ।

बंगलादेशले समूह चरणमा नेपालसँग पराजय बेहोर्दा श्रीलंकालाई २-० ले हरायो । बंगलादेशले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पेनाल्टी सुटआउटमा ४-३ को जित निकाल्यो । भारतसँगको जितपछि उत्साहित बंगलादेशी टिम नेपाललाई पनि हराएर पहिलोपटक उपाधि जित्न चाहन्छ । नेपाल बंगलादेशसँगको अपराजित यात्रा कायम राख्दै तेस्रोपटक साफ च्याम्पियन बन्ने योजनामा छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया