Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – तीन सातादेखि अमेरिकामा हराइरहेकी ममता काफ्लेका पति नरेश भट्टले नै हत्या गरी शव लुकाएको खुलेको छ । भट्टले जुलाई ३० मा ममताको घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको देखिन आएको प्रहरीले त्यहाँको अदालतमा बुझाएको कागजपत्रबाट पुष्टि भएको छ ।

मनासस प्रहरीले नरेशलाई बिहीबार शव लुकाएको आरोपमा पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले शुक्रबार बिहान भट्टलाई अदालतमा पेस गरेको थियो । प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्टको रेकर्डअनुसार उनलाई शुक्रबार बिहान ८ः३१ बजे अदालतमा पेस गरिएको थियो ।

उक्त घटनालाई लिएर अब अर्को सुनुवाइ भने अक्टोबर २४ मा हुने बताइएको छ । अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको प्रहरीको दाबी छ । मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले बुधबार स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै पति भट्टले अनुसन्धानमा समन्वय नगरेको आरोप लगाएका थिए । बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो ।

प्रहरीले अदालतमा पेस गरेको कागजपत्रमा काफ्लेको हत्या घरभित्रै भएको र शवलाई घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको उल्लेख छ । काफ्लेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन् । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ममता सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको छ । जुलाई २८ मै ममताले आफ्ना साथीसँग कुरा गरेको पाइएको छ भने जुलाई ३१ मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बयान दिएका थिए । –कान्तिपुरबाट

तपाईको प्रतिक्रिया